कोरोनाले अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख ८, सोमबार ०७:२१
प्रकासित समय : ०७:२१
काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ। अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को मृत्यु भएको छ
पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ५२ हजार ११७ जनामध्ये १३ हजार ५६६ को अवस्था गम्भीर रहेको छ ।