कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २३ हजार ६६० पुग्यो
प्रकासित मिति : २०७७ बैशाख ८, सोमबार ०७:२४
प्रकासित समय : ०७:२४
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २३ हजार ६६० पुगेको छ । आइतबार थप ४३३ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार ६६० पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ४७ हजार ५५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ८ हजार २५७ जनामध्ये २ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।