कालिकाेटको रास्कोट नगरपालिकामा सुपथ मूल्य पसल सञ्चालन

कालिकोट,  कालिकाेटको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

रास्कोट नगरपालिका र हिमचुली कृषि सहकारी संस्थाको साझेदारीमा सञ्चालित ‘रास्कोट सुपथ मुल्य सहकारी पसल’ सोमबार उद्घाटन गरिएको छ । नगर प्रमुख काशिचन्द्र बराल, नगर उपप्रमुख मिमसरा बम (शाही), नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नगर कमिटी अध्यक्ष धर्मराज शाही(पोषण), नगर कार्यपालिका सदस्य मन तिरुवा, हिमचुली कृषि सहकारी संस्थाका बरिस्ठ प्रबन्धक रुपेन्द्र ऐडिको उपस्तिथिमा पसलको उद्घाटन गरिएको हो ।

सुपथ पसलले जनतालाई स्थानीय बजार भन्दा कम मुल्यमा सामान उपलब्ध गराउने जनाइएको छ ।