गगन थापाको प्रधानमन्त्रीलाई सुझाव,आँखा र कान परीक्षण गर्नुस
प्रकासित मिति : २०७७ बैशाख ८, सोमबार १५:१९
प्रकासित समय : १५:१९
काठमाडौं- पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्।
पत्रकार, नागरिक र प्रहरीबारे प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा विवादास्पद अभिव्यक्ति दिएपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो सुझाव दिएका हुन्।
थापाले भनेका छन्, ‘हप्तौं हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकालाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्ने, अनि तिनका पक्षमा उठेका आवाज ‘कर्कस ध्वनि’ ठान्ने हो भने @PM_Nepal ज्यू आँखा र कान परीक्षण गराउन उपयुक्त होला !’