क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्धा गोली चलाउँदा १३ जनाको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख ८, सोमबार ०७:५७
प्रकासित समय : ०७:५७
काठमाडौं , क्यानडानमा एक बन्दुकधारीले गोली हानेर १३ जनाको हत्या गरेका छन्। प्रहरीको कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिज ट्रुडोले यस घटनालाई भयानक र क्ररता भन्दै इतिहासमा सबैभन्दा दुःखद घटना भनेका छन्।
नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी घुसेपछि प्रहरीले पहिले नै त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्किन भनिएको थियो। प्रहरीबाट भाग्दै, लुक्दै ती बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १३ जनाको ज्यान लिएको हाे।
१२ घण्टाको प्रयासपछि प्रहरीको गोलीबाट ती बन्दुकधारी पनि मारिएकाे समाचार एजेन्सी एपीले जनाएकाे छ। नोवा स्कोटिया प्रहरीले आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको जनाएको छ। उनले प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेका थिए।