लकडाउनको पिडाः बाबा ! सहर सहर जस्तो लाग्न छोडिसक्यो
डियर बाबा …..!
लकडाउनका धेरै दिन बितिसके अत्यास लागिरहेको छ । आज आज भोली भोली गर्दागर्दै लकडाउनका महिनौ दिन बितिसके छन । हुन त मैले यो पत्र कोर्दै गर्दा बाबा जनताका दुख पिडासंग साउति गरिरहनु भएको होला हगी ? ।
आम मान्छेका दर्दहरु गुनासाहरुसंग ठोकिरहनु भएको होला । एउटा जनप्रतिनिधिले निभाउनु पर्ने भुमिका निभाई रहनु भएको होला । कोरोना भाइरस (कोभिड १९) ले ल्याएको बज्रपातले पिडा सबैलाई भएको छ ।
अझ सबैभन्दा बढि पिडा बाबा जस्तै तमाम जनप्रतिनिधहरुलाई भैरहेको छ । यस्तो लागिरहेछ यो शहरको कुनामा बसेर आज भोली त मन मन जस्तो लाग्न छोडिसक्यो तन तन जस्ताे लाग्न छाेडिसक्याे । सहर सहर जस्तो लाग्न छोडिसक्यो । खन्जड लाग्छन यी सब कुन्नी किन हो ।
बाबा !
छोराछोरीको सबैभन्दा ठुलो सुखदुखका साथी बाबा आमा हुन्छन रे । नबुझने हुदाँसम्मा केहि लाग्दैन थियो । जब बाबाको महत्व बुझ्ने भएँ त्यसपछि हजुरको सबै काम र कर्मको चियोचर्चा गर्न मन लाग्छ । अप्ठयारो पर्दा होस या दुख सुख सबैभन्दा अगाडि हजुरको अनुहार अगाडि आउँछ । कहिलेकाँही यस्ता सामान्य कुराले असामान्य प्रकृतिको अनुभूति पैदा गर्दा रहेछ हगि बाबा ? ।
अलि भावनात्मक बन्न खाेजेकी जस्ताे लागिरहेकाे छ । बाबा ! छाेरीकाे मन कहिलेकाँहि भावनामा बढि उद्धेलित हुदाेरहेछ । यस्तै हालत बनेर बढि पाेखिन खाेजेकी हुनसक्छु ।
यतिबेला न्यास्रो लागिरहेको छ । ममि बिरामी हुनुहुन्छ उहाँकाे रेखदेख याे जटिल परस्थितिमा अप्ठयाराे बनेकाे छ । यो घडिमा एक्लोपन आउनु अस्वभावीक पनि लागेको छैन । हुनत बाबाले जनताको लागि आफनो जिम्मेबारी पुरा गर्नु कर्तब्य हो । हामी जस्तै तमाम छोराछोरीको भबिश्य जोगाउनु छ ।
बाबा !
कतिबेला देशमा के हुने हो मर्ने बाच्नेको कुनै ठेगान छैन । बिस्वभर फैलिएको महामारीकाे रूप लिएकाे कोरोना भाईरसले पुरै मनोदशा आतंकित बनेको छ ।
देश आतंकित अबस्थामा छ । कहिलेकाही समाचार हेर्छु,पढछु र सुन्छु संक्रमित पनि धेरै बढिसकेका छन रे मृत्यु हुनेको संख्या पनि धेरै पुगिसके छ रे झसङ्ग हुन्छु ।
म पनि बाबा आजभोलि त अलि ठुली पनि भैसके हजुरका हरेक पलपलमा जोडिईकि हुन्छु । बुझ्ने पनि भैसके हुन त हजुरको जिम्मेवारीले गर्दा हामीसगै बसेर सुखदुख काट्न त सकेकि छैन । हरेकपल बाबासँग कस्तो हुन्छ । बिताउन पाएकि छैन । तर पनि बुझ्छु म हजुरको जिम्मेवारी त्यस्तै छ ।
कर्तव्य पूरा गर्नु छ हजुरको जीवन केहो संघर्ष केहो भन्ने कुरा ती स्टाटस र आर्टिकल पढेर थाहा पाउने भएकि छु । सानै भएपनि सन्तुष्टि लिने गर्छु पढेर तर पनि बाबाको काख कति प्यारो हुन्छ भन्ने कुरा पनि थाहा छ । अझ त यो लकडाउनले त्यो कुराको बोध गराइदिएको छ । बाध्यताले चुपचाप रहेकि छु बाबा यतिबेलाको लकडाउनले किन किन एक्लो भएको महसुस हुन्छ ।
मेरो जिवनको पहिलो भोगाइ नै लकडाउन हो जस्तो लाग्छ । तर पनि हजुर टाढा हुनुहुन्छ अत्यास लाग्छ कहिलेकाही देशभरिको समाचार सुन्दा भेट हुनपनि त कति गार्हो छ है बाबा एक्लोपनाको अनुभुती हुन थालेको छ ।
यतिबेला हजुरको मायाको अभाव खड्किएको छ । अरू जस्तै संगै रमाउन संगै बस्न मन छ तर के गर्नु । म भिडियो कल गर्छु चित्त बुझाउन, हरक्षण फोन गर्छु तर पनि मनले मान्दैन । बाब दिन बित्दै गएको छ । निरासताले छुन्छ । यो सब एक्लोपनको अनुभुति हाे जस्तो लाग्छ ।
यति संघर्षसिल जीवन जीवन छ जस्तो पनि लागेको थिएन । यतिबेला महसुस गर्दै छु भोक्दैछु परिवार भन्दा पनि जनताको न्यानो काखमा रमाउदै हुनुहुन्छ, जनताकाे खुशिमा खुशि हुनुहुन्छ । जिम्मेवारी के हो भन्ने पनि थाहा पाए मनमा अथाह माया ममता भएपनि जिम्मेवारी पुरा गर्नु पर्दो रहेछ भन्ने बुझ्न सफल भएकि छु ।
काेठाभित्र कैद हुनुपर्दाका गनथन यस्तै यस्तै हुन बाबा ! / र पनि भन्नेहरुले जे सुकै भनुन् आफनो जिम्मेबारी र कर्तव्यबाट पछि हटनु हुनेछैन । र आजसम्मा हटेको पनि देखेकी छैन । त्यसैको परिणाम हो यो परिबार छोराछोरी एकातिर आफु अर्कोतिर ।
अन्तमा जुनदिन कोरोना भाइरस कोभिड १९ माथि सिंगो मानबजातिले बिजय हासिल गर्नेछ त्यो दिन बाबाको अंगालोमा बेरिएर माया साटने छु ।
उहि प्यारो छोरी, सदिक्षा सेजुवाल ।
नोटः लेखिका सेजुवालाका बाबा खडगराज सेजुवाल पचालझरना गाउँपालिका कालिकोटका अध्यक्ष हुनुहुहन्छ ।