कारकादो मस्जिदमा कोहि अपरिचित आएका छैनन् –काशीराम मौर्य

नेपालगन्ज,कारकादोस्थित मस्जिदमा कोहि अपरिचित नआएकाे स्थानियले बताएका छन  ।  भारतको नयां दिल्लीमा भएको तवलीगी जमातमा सहभागी आशंका गरिएका ४ जना बिदेशी नागरिक नेपालको नयां बर्षको दिन नेपालगञ्जको कारकादो स्थित मस्जिदमा आएर बास बसेको भन्ने हल्ला गलत भएकाे बताएका हुन । 

स्थानीय अहमद हुसेन अंसारी, काशीराम मौर्य लगायतले बास्तविकता नबुझेर अनाबश्यक हल्ला पिटेकाे बताए । कारकादो गाउंको मदरसामा नेपाली तथा हिन्दी भाषा राम्रोसंग समेत बोल्न नजानेका ४ जना ब्यक्ति आएर एकदिन बास बसेको र त्यसको भोली पल्ट बिहानै  हिडेकाे बताए ।

केहि मिडियामा गलत समाचार संप्रेशन भएकाे भन्दै  आपती समेत जनाएका छन । उनिहरूले  समचार गलत रहेको भन्दै मस्जिदमा अपरिचित कोहि पनि न आएको बताए  ।

स्थानीयले सो समाचारको बिरोध समेत जनाएका छन । वडा अध्यक्षले अफवाह कुरामा लागेर किन समाचार दिनु भएको ? एकपटक स्थानियसंग समेत किन नसोधेको भन्दै प्रश्न राखेका छन ?

सो समाचार गलत छ, कुनै पनि सत्यता नरहेको समाचार तुरुन्त सच्याउन समेत स्थानीय अहमद हुसेन अंसारी, काशीराम मौर्य लगायतले माग गरेका छन । उनीहरुको अनुसार कारकादोमा हिन्दु -मुस्लिम लगायतहरुमा एकता र सद्भाव छ ।

अध्यक्ष ज्युले यस्तो भ्रमित समाचारहरुबाट एकता र समाजिक सद्भावलाई भंग नगरिदिन हुन समेत स्थानिय अहमद हुसेन अंसारी, मुस्तकीम अंसारी, मो.समीम अंसारी, काशीराम मौर्यले आग्रह गरेमा छन ।