पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ….
प्रकासित मिति : २०७७ बैशाख ७, आईतवार १३:५९
प्रकासित समय : १३:५९
१)
पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ
मेरो गाउँमा तिम्रो औकात बिक्नै गाह्रो रहेछ ।
बिचाराधिन छु अझै धन र मनका सवालमा,
परिश्रम र विश्रामको पाठ सिक्नै गाह्रो रहेछ ।
२)
छोरोले अलिकति राम्रोसँग पढोस लेखोस भनेर,
शहर पठाएकी हुन आमाले घ्यु र भटमास बेचेर ।
तिमी जस्तो शहरिया जीवनमा हुर्केको म कहाँ होर ?
सार्थक पार्नु छ गाउँले सपनाहरु ‘संघर्ष’ मा जुटेर ।