दु:खै दु:खमा मेरो यो बर्ष सकिएको हो…
प्रकासित मिति : २०७७ बैशाख ७, आईतवार ०८:५१
प्रकासित समय : ०८:५१
जिन्दगी सकिएको होइन हर्ष सकिएको हो
दु: खै दु:खमा मेरो यो बर्ष सकिएको हो ।
आर्यघाटमा ज्यामी निस्प्राण थियोे मैले सोचेँ
अब सधैँका लागि यसको संघर्ष सकिएको हो ।
सिमलको बूढो रुखबाट ढुकुर बसाइँ सरेछ
लाग्यो पहिला जवानी अनि स्पर्श सकिएको हो ।
महिला अधिकारकर्मीमाथि एसिड खन्याएछ्न
अधिकार सकिएको हो कि आदर्श सकिएको हो ।
तेह्रथुम