ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख ७, आईतवार १२:१४
प्रकासित समय : १२:१४
सोलुखुम्बु , कोरोनाको जोखीमकै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ। सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार शिव प्रसाद भट्राईको आईतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।
डिएसपी लिम्बुकाअनुसार डुयुटीमै रहेको बेला आईतबार राती १२ बजेको समयमा अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल फप्लु उपचारको लागि लगिएको थियो।
अस्पताल पुर्याएपछि बेहोस भएका भट्टराईको रातिनै मृत्यु भएको प्रहरीको भनाइ छ। भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ बर्षिय भट्टराईको एक श्रीमती २ छोरा र १ छोरी छन्। अहिले उनको शवलाई घर पठाउने तयारी भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए।