कोरोनाबाट स्पेनमा २० हजार ६३९ को मृत्यु
प्रकासित मिति : २०७७ बैशाख ७, आईतवार ०७:५७
प्रकासित समय : ०७:५७
काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ ।
आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६३७ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् । उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।