अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ….

ओडेको छानो उडेको छ बसेको धरातल भत्कियको छ
अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ। 

भनिन्छ अन्त्य हुनु पनि कुनै कुराको सुरुवात हुनु हो
जस्तो हेर तिम्रो जिबन सुरु भयो मेरो सक्कियको छ ।

देस थला परेर हिड्न नसक्नुको कारण यस्तो रहेछ
सिर लिपुलेखमा खुट्टा कालापानीमा काटियको छ ।

चाहना मेरो पनि थियो जिन्दगीभर तिमी सङ्गै हिड्ने
त्यहासम्म मात्रै हिड्न पाइन्छ जहाँ सम्म लेखियको छ ।

कि धड्कनले भुइचालो ल्याउछ कि आसुको बाढी आउँछ
बर्सौ पछि आज जगतले आफ्नी प्रेमिका सम्झियको छ ।

अछाम,