राप्ती गाउँपालिकामा एकै दिन १० लाख बढी राहत प्रदान

भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम आउने  क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा आउने क्रम जारी रहेको हाे ।

कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा सहजीकरण समितिको पहल तथा समन्वयमा बिहीबार मात्र १० लाख रूपैयाँ भन्दा बढी खाद्य सामाग्री र नगद राहत रकम प्रदान गरिएको छ ।

जस अनुसार राप्ती उद्योग वाणिज्य संघ भालुवाङले संघका पदाधिकारी तथा संघको तर्फबाट ५० हजार र अन्य व्यापारीबाट गरि ३ लाख २४ हजार ४ सय १ रूपैयाँ बराबरको खाद्य सामाग्री,राप्ती गाउँपालिका भित्रका विभिन्न सहकारीबाट ४ लाख ५५ हजार ९५ रूपैयाँ,मिलाप कृषि सहकारी संस्था माैरीघाटबाट ८५ हजार ७ सय ५० बराबरको खाद्य सामाग्री,राप्ती फिड इण्डस्ट्रिज प्रालि सतवरियाबाट ८१ हजार बराबरको खाद्य सामाग्री  हस्तान्त्ररण गरेका छन । 

भने शिवगढी बचत तथा ऋण सहकारी संस्था भालुवाङबाट २५ हजार बराबरको खाद्य सामाग्री, हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँबाट ६० हजार, विहानी बचत तथा ऋण सहकारी संस्था सिसहनियाँबाट १५ हजार, समय बचत तथा ऋण सहकारी संस्था भालुवाङबाट १५ हजार रूपैयाँ, हाम्रो बचत तथा ऋण सहकारी संस्था माैरीघाटबाट १५ हजार रूपैयाँ, जनजिविका बचत तथा ऋण सहकारी संस्थाबाट १० हजार, पुर्नमिलन सहकारीबाट २ हजार ५ सय, जय गुरूबाबा कृषि सहकारीबाट १२ हजार, स्वरोजगारी पशुपक्षी विकास सहकारी संस्था माैरीघाटबाट ५ हजार,स्वर्गद्वारी ग्रामीण विदुत सहकारी संस्था लालमटियाबाट १५ हजार  हस्तान्तरण गरेका छन्  ।

त्यस्तै महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाबाट २५ हजार, सोही संस्थाका कर्मचारीबाट ३ हजार ८ सय ३०,सर्वहित बचत तथा ऋण सहकारी संस्था माैरीघाटबाट २५ हजार १ सय १५, लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था पिपरीबाट १० हजार, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था मसुरीयाबाट २५ हजार ,बगर कृषि सहकारी संस्था सिसहनियाँबाट १ लाख ६ हजार बराबरको खाद्य सामाग्री, देउखुरी भ्याली बोडिङ स्कुल भालुवाङबाट २४ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री र भालुवाङ होटल व्यवसायी समितिबाट १२ हजार बराबरको खाद्य सामाग्री गरि कुल १० लाख ३ हजार ४ सय ९६ रूपैयाँ बराबरको राहत प्रदान गरेको छ । समितिका अध्यक्ष जगतप्रसाद पोख्रेलले राहत विवरण प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्ष सुवेदीले राहत सहयोग गर्ने सहकारी, उद्योग बाणिज्य संघ, होटल ब्यवसायी संघ, स्थानिय ब्यापारी, उद्योगीहरुलाई धन्यवाद प्रदान गरेका थिए । साथै गाउँपालिकाले आगामी दिनमा सहयोग गर्न चाहनेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नं ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले आब्हान गरेको छ ।