छेउमा जानै हुन्न मृत्युको बात गर्छ….

१.
आफन्तकै सम्बन्धमा खुराफात गर्छ ।
छेउमा जानै हुन्न मृत्युकाे बात गर्छ ।
कोरोना पनि त्याे आफन्त जस्तै रहेछ,
जो नजिक हुन्छ उसैलाई घात गर्छ ।

२.
विषलाई जीवन अमृत मानी बित्छ जिन्दगानी ।
आफ्नै खुट्टामा आफैले बन्चराे हानी बित्छ जिन्दगानी ।
प्रेमभ्रम कस्ताे हुन्छ थाहा हुदैन समयमा नै,
त्यसैले सर्पलाई नै नाग ठानी बित्छ जिन्दगानी ।

३.
ढुङ्गा मन्दिरमा भगवान् बन्छ बगरमा हाेइन ।
जीवन त बरु माटोमा हुन्छ पत्थरमा हाेइन ।
खराब देख्नुमा कसैकाे नजर दाेषी मानिदैन,
किनकि याे साेचमा भर पर्छ नजरमा हाेइन ।

विशालनगर, काठमाडाैँ