कहिल्यै नपाइने चिजको बसिदिन्छ आदत पनि…
प्रकासित मिति : २०७७ बैशाख ५, शुक्रबार ०९:०१
प्रकासित समय : ०९:०१
जिन्दगीमा अप्ठ्यारो चिजको हुन्छ जरुरत पनि
कहिल्यै नपाइने चिजको बसिदिन्छ आदत पनि ।
फूल देखाएर, पदचापमा काँडा बिछ्यानु भयो,
यो कस्तो तरिकाले गर्नुभयो दिलमा स्वागत पनि ।
नपिएरै होस् हराउँछ,कत्ति नछोएर मात चढ्छ,
तिम्रा यादको नसासँग कमजोर हुन्छ कुलत पनि ।
तिमी नभए तिम्राे नामकाे कुनैचिज स्विकारे छैन
ओ!जाने मान्छे.लगेर जाउ,घाउ पनि, खत पनि ।
खुलेआम मान्छे काट्ने पेशा अगालेर हिडेका छन्
सरकारले दिएको छ,गुन्डागर्दीको इजाजत पनि ।
कालिकोट