१४ जनामा कोरोना पुष्टि भएसंगै, नेपालमा स‌ंक्रमितको संख्या ३० पुग्यो

काठमाडौं,  नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ वटा चितवनका २ वटा गरी १४ जना नयाँ संक्रमित फेला परेका हुन् । यसअघि नेपालमा १६जना कोरोना संक्रमित रहेको र ती मध्ये एक जना निको भइसकेका छन् भने १५ जना केन्द्र र प्रदेशका विभिन्न अस्पतालमा उपचारत छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् । अन्य संक्रमितहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।