घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला

बर्दिवास , महोत्तरीको बर्दिवासमा एक १६ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बर्दिवास नगरपालिका वडा नम्बर ९ घर भएकी प्रियंका कुमारी महतो बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बर्दिवास प्रहरीले जनाएको छ ।

किशेरीले आफ्नै सलको पासो बनाई झुन्डिएर छट्पटी रहेको अवस्थामा उनकी आमा सुर्यकला देवी महतोले देखेपछि किशारी झुन्डिएको सल काटेर बचाउन खोजेपनि तुरुन्तै उनको मुत्यु भएको मृतकको परिवारको भनाइ छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको बर्दिवास प्रहरीले बताएको छ ।