कोरोना भन्दा ट्रम्प खतरनाक भन्दै हतियारसहित सडकमा अमेरिकनहरु

काठमाडौं । कोरोनाको केन्द्र बनेको अमेरिकामा सरकारको विरोधमा मानिसहरु सडकमा निस्केका छन् । उनीहरुलाई कोरोनाको डरभन्दा पनि खाने कुराको चिन्ता बढी भएपछि लकडाउन तोडेर सतियारसहित विरोधमा उत्रेका छन् ।

अमेरिकाको राजधानी न्युयोर्कसहित अधिकांश राज्यमा स्थानीयहरुले विरोध प्रदर्शनमा उत्रेका छन् । उनीहरुले लकडाउनका विरोध गरेका छन् । त्यसैगरी समयमै कोरोना रोकथामको लागि पहिल नचालेको तर अहिले रोजीरोटी खोसिने गरी लकडाउन लगाएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले कोरोनाभन्दा ट्रम्प खतरनाक भएको भन्दै लकडाउन खोज्न माग गरेका छन् ।

कोरोनाका कारण अमेरिकामा उद्योग बजार बन्द हुदाँ करीब २ करोड १० लाख नागरिकहरु बेरोजगार भइसकेका छन् । सरकारले आधारभूत कुराको ग्यारेण्टी नगरेर लकडाउन लगाएको भन्दै विरोध गरेका छन् । कि व्यवस्था हुनुपर्ने कि लकडाउन खोलिनु पर्ने माग प्रदर्शनकारीको छ । प्रदर्शनकारीले लकडाउनको आदेश गर्ने ट्रम्प तानाशाही भएको र यो आदेश कोरोना भाईरसभन्दा खतरनाक रहेको भन्दै नाराबाजी गरेका थिए ।

न्यूयोर्क, केन्टुकी, मिचिगन, मागा, ओहियो, भर्जिनियागायत अधिकाश राज्यमा नागरिकहरु हतियार बोकेर सडकमा निस्केका छन् । कतिपयले अत्याधुनिक एके ४७ हतियार बोकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

कोरोनाभाइरसको आतंकसँगै अमेरिकी नागरिकहरुले भटाभट हतियार खरिद गरिरहेका छन् । संविधान दिएको अधिकार प्रयोग गर्दै अमेरिकीहरुले एक महिना यता ठूलो संख्यामा हतियार खरिद गरिएको रिपोर्ट सार्वजनिक भएको छ । यसअघि एफबीआईले मार्च महिना भरीमा २१ लाख बढी बन्दुक अमेरीकी नागरिकले किनेर घर लगेको बताइसकेको थियो ।

लकडाउन लगाउने आदेश संघीय सरकार र राज्य सरकारबीच नै फरक मत भएकोले विरोध प्रदर्शन गर्नेहरुलाई सहयोग पुगेको छ । अमेरिकाका ५० वटै राज्यमा जारी लकडाउनको धेरै राज्यले विरोध जनाएका छन् । उनीहरुले जहाँ समस्या छ त्यहाँमात्र लकडाउन गरी अन्य राज्यमा खुला गर्नुपर्ने माग गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन खोल्न निर्देशन दिएको समाचार सार्वजनिक भएको छ । मानिसहरु आधुनिक हतियारसहित सडकमा निस्किन थालेपछि ट्रम्प पछि हट्न बाध्य भएको छन् ।