चीनबाट औषधि र उपकरण लिएर काठमाडौं पुगे दुई वाइडबडी

काठमाडाैँ, कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्।

चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती जहाजमा कोरोना संक्रमण आशंका गरिएका र पुष्टि भएका व्यक्तिकाे परीक्षण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री छन्।

नेपालका निजी क्षेत्र फ्लास फ्रेट र सांग्रिला फ्रेटले नेपाल एयरलाइन्सका दुईवटा जहाज भाडामा लिएर स्वास्थ्य सामग्री नेपाल ल्याएका हुन् । यी जहाज बिहीबार साँझ चीनका लागि उडेका थिए।