सुनिलस्मृतिले विपन्न परिवारलाई राहात वितरण गर्ने
राेल्पा, सुनिलस्मृति गाउँपालिकाको विपन्न परिवारलाई राहात वितरण गर्ने भएकाे छ । विपद व्यवस्थापन कोष सञ्चालन समितिको बैठकले शाे निर्णय गरेकाे हाे । मङ्गलबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा बसेको वैठकले बिपन्नलाइ राहत बितरणा गर्ने निर्णय गरेकाे गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिए ।
भारद्धाजका अनुसार विपद व्यवस्थापन कोषबाट हालसम्म खर्च भएको रकमको सार्वजनिक गर्दै अन्य जिल्लाबाट यस गाउँपालिकामा आउने व्यक्तिलाई वडा भित्र रहेका विद्यालय, खालि घरहरुमा क्वारेन्टाइन बनाउने, यसको व्यवस्थापन वडा कार्यालय गर्ने बताइएकाे छ । त्यस्तै क्वारेन्टाइनको निगरानी वडा सदस्यहरुले गर्ने सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य जाँच गर्ने, स्वास्थ्य चौकी नभएका वडाहरुमा गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने र क्वारेन्टाइनको निरिक्षण गाउँपालिका र वडा अध्यक्षहरुले गर्ने निर्णय गरेकाे छ ।
त्यसैगरि तत्कालै गाउँपालिका विपद व्यवस्थापन कोषमा रहेको रकम बाट खाद्यान्न गरिद गरि वडाहरुबाट आएका विवरणका आधारमा राहात वितरण गर्ने, विभिन्न टोल वस्तीहरुमा सामुहिक छलफल गर्ने, जुवातास, भलिवल, क्यारेमबोट खेल्ने, खोलाहरुमा सामुहिक माछा मार्ने जस्ता क्रियाकलापहरुलाई पूर्ण रुपमा बन्द गर्ने बताइएकाे छ ।