कसरी आयौ नयाँ बर्ष
एक बर्षको यात्रा पूरा गर्दै
उत्साहित मौसमको साथमा
बसन्तको बहार बोकि
समस्त नेपालीको घर आगनमा
अस्ति भित्री सकेछौ नयाँ बर्ष
तर ! कसरी आयौ नयाँ बर्ष ?
तिथि र मिति मात्र फेरबदल गर्दै
उहीँ बिगतको कालो बर्ष २०७६ झैं
आयौकी फेरि ज्ञान् र बिज्ञानलाई मार्दै
मानवताको छाती माथी
सिकारिको क्रूर तिर बनेर ……!
आउनु पर्थ्याे नयाँ बर्ष
बिरामी परि थलिएर
भयानकको कोक्रो भित्र हल्लिरहेका
बिरामिहरुलाई औषधि लिएर ,
आउनु पर्थियो मानव बचाउने
अनुसन्धानमा थाकेका विज्ञ हरुलाई
उर्जाशिल शक्तिको संजिबनिको बुटि लिएर ।
हो यसरी आउनु पर्थियो नयाँ बर्ष
भाचिएको र बेचिएको स्वाभिमानलाई
मेची र कालिमा नै बगाएर
आहात देखि राहत सम्म भ्रष्टाचार गर्ने
काला अजिङ्गर हरुलाई
मसान घाट्तिरै जलाएर
बलात्कारिताका पात्र हरुलाई
आजिवन कारागार हालेर
घुसखोरी र कमिसनले मोटाएका
बसाहाहरुलाई सधैंका लागि फालेर ।
अनि / आउनु पर्थियो नयाँ बर्ष
लिपुलेक र लिम्पियाधुरा नेपाली नक्सामा बाध्ने
खबरदारी को पत्र लिएर ,
आउनु पर्थियो नयाँ बर्ष
भाइचारा को सम्बन्ध गास्तै
उता / असल सन्तानको अभावमा
भाव बिहोर भएर रोहिरहेकि
नेपाल आमाको काखमा
असल सन्तान जन्माउने शुक्रकिट
लिएर ।
थाछैन कसरी आएका छौ
त्यहाँ पनि आउनु पर्थियो नयाँ बर्ष
गरिबी ,भोक ,सोग र रोगले गलित बनेर
आँसु ले धोएका मलिन्द्र अनुहार हरुमा
र
भोक्मारिले लुलिएर लडेका
रित्ता पेट हरुको भिड्मा
खाद्य रसपान संगै
हर्ष उल्लास र उमंग
बोकेर आउनु पर्थियो ।
अफ्सोच यसरी आउनु पर्थियो
कैलिको भाका सिरिस्को फूल र
पारिजातको सुगन्ध संगै
तराइ लाई पहेलो साडी लगाउदै
पहाड लाई हरियो पछेउरी ओढाउदै
यता हिमाललाई रात्तम्मे लालिगुरास
चोलिले सजाउदै आउनु पर्थियो नयाँ बर्ष !।
थाहा छैन खै कसरी आयौ नयाँ बर्ष
रुवान आयौ या हसाउन आयौ !
कस्कस्लाई आयौ २०७७ को नयाँ बर्ष ?
अरुण -५ भोजपुर -२०७७/१