मौसममा सामान्य बदली हुने सम्भावना
प्रकासित मिति : २०७७ बैशाख ४, बिहीबार ०९:१४
प्रकासित समय : ०९:१४
काठमाडौं, बिहीबार दिउँसो देशभरको मौसममा आंशिक देखि सामान्य बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्विमी वायुको आंशिक प्रभाव कायमै रहेकोले वेलुकासम्म देशका मध्य र पूर्वका केही स्थान तथा पश्विमी नेपालका थोरै स्थानहरुमा हावाहुरीसहित मेघगर्जन र चट्याङ्ग पर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।
पश्चिम नेपालका पाहाडी भेगमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । त्यस्तै, आजराति देशभर आंशिक देखि सामान्य बदली रहने समेत अनुमान गरिएको छ ।