सुर्खेत क्वारेन्टिनमा रहेका दुई जनाको रिपोर्ट पोजिटिभ
प्रकासित मिति : २०७७ बैशाख ४, बिहीबार १७:०९
प्रकासित समय : १७:०९
सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पाजिटिभ रिपोर्ट आएको छ। सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालकाे पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो।
‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ,’ सेती अञ्चल अस्पतालका एक चिकित्सकले भने। ‘दुवै नेपाली भारतबाट आएपछि सुर्खेतमा क्वारेन्टाइनमा राखिएको थियो।’
साे अस्पतालमा पीसीआर बिधिबाट नै गरिएकाे भए पनि थप पुष्टि गर्न काठमाडाैंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा थप परीक्षणका लागि पठाउने निर्णय गरेकाे एक चिकित्सकले बताए।