नेपाल-भारत सीमामा ८ हजार बढी सशस्त्र परिचालन

काठमाडौँ,  सरकारले लकडाउन उलङ्घन हुन नदिन भारतीय सीमा नाकामा ८३८३ सशस्त्र प्रहरी खटाएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि भारतीय सीमा नाकामा सशस्त्र प्रहरी खटाइएको हो ।

७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यस मातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यस अघि कोरोना सङ्क्रमण बढेको भन्दै सीमा नाकामा ५ हजार सशस्त्र प्रहरी परिचालन गरेको भए पनि गृहमन्त्रीले पहाडी र हिमाली जिल्लाबाट दरबन्दी घटाएर सीमामा परिचालन गर्न निर्देशन दिएका थिए ।