चीनमा २४ घण्टा भित्र ४६ नयाँ कोरोना संक्रमित भेटिए
प्रकासित मिति : २०७७ बैशाख ४, बिहीबार ११:२२
प्रकासित समय : ११:२२
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना रोकिएका छैनन् ।
पछिल्लो २४ घण्टामा चीनमा एक जनाको मृत्यु भएको छ भने ४६ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै चीनमा संक्रमितको संख्या ८२ हजार २९५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ४२ पुगेको छ ।
चीनमा कोरोना संक्रमित ७७ हजार ८१६ उपचारपछि निको भएका छन् । १ हजार १३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्येपनि ११३ जनाको अवस्था गम्भीर रहेको छ ।