त्रास !
आकासमा मडारिएका काला बादलहरुले मनभित्र पनि कालो छाया पार्दछ। ओहो ! कस्तो डर लाग्दो मौसम ? म पुर्बबाट उत्तरतिर बेतोडले बत्तिरहेको बादल अनि संगसंगै धुलोको भुमरी बनाउदै ब्रम्हाण्डमा बत्तास्सि रहेका बतासका झोकाहरुलाई आफ्नो कोठाको झ्यालबाट हेर्दै आतंकित हुन्छु । कति भयो र त्यो खडेरी र आगलागीले त्यत्रो धनजन र प्राकृतिक सम्पदाको नष्ट भएको हेरेको ? बल्ल यसबाट पार मिल्यो भनेर अलिकति सन्तोषको सास मात्र लिएको बेला फेरी आँधिबेरी र बाढी पैरोको प्रकोप हुन लाग्याे ।
जति बाहिर हेर्यो उति मन खलबलिन्छ । झ्यालका सिशाहरुमा ठोक्किएका हावाका शक्तिशाली झोंकाहरुले मनभित्र नराम्रो त्राश उत्पत्ति गर्दछ । म झ्यालको पर्दा बन्द गर्दै कोठामा टिभी खोल्छु। ब्रेकिङ्ग निउज भन्दै समाचार आईरहेको रहेछ। उही समाचार। एकातिर कोरोना भाइरसको त्राश फैलिरहेको छत अर्कोतिर अविरल बर्षा। टिभीले फुक्दै थियो, अब हप्ता दिनभरि नै लगातार पर्ने पानीले ठाउठाउमा बाढी आउने,धेरै बाटो घाटोहरु बन्ध हुनेर धनजनको क्षति हुने आदि इत्यादी। म लामो सासमा आफ्नो मनभित्रको तनावलाई बिसाउने कोसिस गर्छु।
साच्चै प्रकृती आमा निकै रिसाईन हामीसंग। एकपछि अर्को बिभत्सताले छोडेकै हैन। दिक्क लाग्छ। झ्यालको पर्दा बन्द गरेको करिब पांचमिनेटपछि बेतोडले पानी पर्न थाल्छ। म फेरी यसो पर्दा उठाउदै हेर्छु। एकनास ले फदर्किएको पानी संगसंगै ब्रम्हाण्डको ताप पनि यसरी घट्छकि आजको मौसमलाई महसुस गर्दा कसैले बिस्वास गर्न सक्दैन कि आज भन्दा करिब दुइदिन अघि मात्र यहाँ खडेरी र अत्याधिक तापमा बसि नसक्नु थियो। प्रकृतीको क्रोधपूर्ण बदलीले सारा मानब अभिमानलाई नै तहसनहस पारिदिएकोछ ।
म एकछिन फेरी झ्याल नजिकै उभिएर बाहिरको काहाली लाग्दो मौसम हेर्छु । यत्रो बिशाल घरमा म नितान्त एक्लो अनि त्यसमाथीका नचड्किने गरेर गर्जिरहेका चट्यांगका आवाजहरु। हेर्दा हेर्दै मेरै आँखा अगाडी मेरो घर पछाडीको खहरे खोला उर्लेर माथिमाथि आउँन थाल्छ। उर्लेको खहरे अनि बिजुलीका मल्याकमिलिक र चट्यांग संगसंगै मेरो मुटुको धडकन पनि उर्लिदै बढ्न थाल्छ।
म छाती बाहिरैबाट आफ्नो मुटुको धड्कन बजेको महसुसग र्छु। मनको अस्थिरतासंगै नजानिकनै मैले संयौपटक यता र उताघर भित्र हिडिसके होला।हरेक पन्ध्र मिनेटमा म झ्यालमा गइ उर्लदो खहरे हेर्छु तर कालोरातको अन्धकारमा खहरे पनि बिस्तारै बिलिन हुदै देखिन छोड्छ । ओहो ! यस्तो त्राशत सायद जीवनमा कैले पनि महसुस भएको थिएन होला । यसै गरि पानी परिरहने हो भने तयो खहरे मेरो घरसम्म आउँन कतिनिबेर लाग्दैन। मन भित्र नानाभातिका कुराहरु आएर मेरो शान्ति खलबलाई दिन्छ, मन अनिश्चित भविष्य तिर भासिन्छ। अनि फेरी मनलाई बुझाउन आफैलाई भन्छु, जे छ आजै त छ ।
भोलिको कसलाई के थाहा ? जीवन त सधै अन्योलमा नै छ नी। हिजोपनि अन्योलनै थियो, आजपनि अन्योल नै छ। भबिश्य कसले देखेको छ र ? के थाहा आजको कालो भयबह रात भोलि सुनौलो बिहानी बनी झुल्कने छ। या फेरी गडगडाएको खहरे शान्त भै बग्ने छ। त्यसैले त भन्छन भोलि कसले देखेको छ र भोलिको चिन्ता लिनु ? आज मा बाँच्न सिक्नुपर्छ होस्के चिन्ता गर्नु भोलिको। म आफ्ना नकारात्मक भय भाय सोचाइलाई सकारात्मक तिर ढाल्ने कोसिस गर्दै अर्को कोठातिर लाग्छु।
दर्किदो पानीको गति बढ्दोछ । आकाशको रंग झन्झन कहाली लाग्दो हुदैछ। घरको छेउछाउमा ठडिएका बिशाल रुखहरु जरैसंग ढल्लान जसरी हल्लिरहेछ्न ।जतिसुकै मनलाई सम्हाल्न खोजेपनि भित्रकोठाबाट सुनिने हुइङ्किएको बतासको आवाजले अन्जानमै मनभित्र कोलाहल मच्याउछ । भाइ आज पानी जाहाजको भ्रमण ‘क्रुज’ बाट फर्कन पर्ने अहिलेसम्म आएको छैन।बाहिरको मौसम हेर्दाहेर्दै अर्को तनाब मनमा थपिन्छ। यस्तो मौसम छ बाहिर, कसरी फर्कन्छ कुन्नि ? फोन गरे त लिन जान्थेनी बरु । यस्तै सोचिरहेको बेलामा ठ्याक्कै उसको फोन आउछ,मोबाइलमा ।
कता तिमि ? म सोध्छु, लिन आउनु पर्यो ?
हैन। म त यहाँ फसे
किन के भयो र ?
यो जाहाजमा एकजाना मान्छे बिरामी भएको थियो, कोरोना भाइरस लागेको रहेछ । सिङ्गै जाहाजको यात्रुलाई बन्दी बनाएर यतै राख्ने भयो।म त अब १५ दिनसम्म यहि भित्र हुन्छु ।
म आत्तिन्छु । अन्योलमा पर्छु । के भन्ने केहि सोच्नै सक्दिन। तिमि ठिक त छौ ? म सोध्छु।
मेरो चिन्ता गर्न पर्दैन।यिनीहरुले सबैको स्वाब टेस्ट गरेर संक्रमण नभएकाहरुलाई घरमै पन्ध्रदिन आफैबन्दी बनेर बस्नु भनेर पठाउछ।तिमि पिर नगर, म ठिक छु। सरकारले अरुलाई नसरोस भनेर यस्तो कदम चालेको हो । डराउन पर्ने केहि छैनु यति भन्दै उ फोन राख्छ। म सुत्न सक्दिन । एउटा तनाबबाट मन अर्को तनाबतिर अल्झिन्छ। अब कोरोनाले केके गर्ने हो ? भाइलाई पनि सर्यो भने ? हुन त यो रोग लागेका सबै सिकिस्त बिरामी त कहा हुन्छन र ? त्यो तआफ्नो सरिरको रोग प्रतिरोधक शक्तिमा भरपर्ने कुरा होनि । भाइ त जवान हट्टाकट्टा छ । मलाई चिन्ता गर्न बिषय मात्र चाहिन्छ भन्थ्यो भाइ, साच्चै हो।
नचाहिने कुरामा दिमाख खियाईरहेकोछु, म यस्तै सोच्छु।तर आखिर मन त मन नै हो। बर्षौदेखि सानासाना कुरालाई लिएर दिमाख खियाउन आदत भैसकेको दिमाखले नचाहिने कुरा सोच्न कहाँ छोड्छ ? मनमा उब्जेका संका उपसंकाले झन बढी बेचैन बनाउछ। यता त कोरोनाको प्रकोप होला जस्तो लाग्दैन थियो तर यता पनि सुरु भएछ। सरकारले यस्तो गम्भीर रुपमा हेर्न थालिसकेको रहेछ यस बिषयलाई । मैले त सोचेकै थिइन।
यत्तिकैमा फेरी घरभित्रको ल्याण्डलाइन बेतोडले बज्छ।म उठाउदिन । भाइसंग भर्खर कुरा भएको । अरु कसले फोन गर्छर मलाई ? म बरु टिभीहेर्छु भन्ने सोचले टिभी खोल्छु । समाचारको मध्यभागमै ब्रेकिङ्ग निउज भनेर समाचार आउछ (कोरोना भाइरसको बढ्दो प्रकोप, कति मानिस मरे, कति रोगले ग्रसित छन्आदि इत्यादि । ओहो ! कतैबाट चैन नमिल्ने भयो।यो मिडियाले त झन बढी आतंक फैलाउछ, म टिभी बन्द गर्छु।
बाहिरको झरीको आवाज झ्यालबाट भित्रनै भित्रिरहेको छ। अझै केहिदिन यसैगरि पानीपर्छ भनेको छ, म सोच्छु।मेरो घर अलिकती उचाईमा भएकोले त्यती आत्तिहाल्न त पर्दैन तर तल खोलाको किनारामा घर हुनेहरुलाई त ठुलो त्राश भैराखेको होला। हरे ! त्राश पनि के के को भोग्न परेको यो बर्ष ? एकपछि अर्को प्राकृति प्रकोपले पिल्साएको बेलामा फेरीयो कोरोना भाइरस।अब मेरो दिमाखले कोरोनाको त्राशबाट मुक्ति पाउने छैन ,म आफैलाई भन्छु । जीवन किन यति प्यारो लाग्छ ? मृत्युको किन सबैलाई भय हुन्छ ? जीवन जस्तोसुकै संग किन नगुज्रियोस, बाँच्ने चाहना भने सधै अटुट हुन्छ।
एकैछिनमा फेरी फोनको घन्टी बज्छ,यसपटक म फोन उठाउछु । थरथर काँपेको बुढो आवाज सुन्दा मेरो सरिर भित्र देखि नै कामेर आउछ ।स्वर सुन्ने बीत्तिकै कसको स्वर भन्ने तिर नसोचेर मेरो दिमाखले सोझै आफ्नै बाबाको झझल्काल्याउछ। म आत्तिएर बाबा ? भन्छु।उताबाट अंग्रेजीमा जवाफ आउछ। डेनिस। मडेनिस।
डेनिस मेरो छिमेकी । ७५ बर्षको बृद्भ ठुलोघरमा एक्लै बस्छन। उनको घरम सधै हिड्नेबाटोको छेउमा छ। हरेक दिनअफिस जाँदा, म बुढालाई आफ्नो घर अगाडिको चोटामा राखेको हल्लिने मेचमा हल्लदै बसिरहेको देख्छु । अनि मैले उसलाई बाटो बाटै भन्ने शुभबिहानी सब्दले उसलाई सधै खुसी बनाउछ। उ खुसी हुदै तिम्रो दिन पनि सुभ रहोस भन्दै मलाई जवाफ दिन्छ । यसो गर्दागर्दै बुढासंग चिनजानी नै भएझैँ हुन थाल्यो । नितान्त एक्लो छ बुढा।
त्यसैले कोहि बोल्ने मान्छे भेट्यो भने घन्टौ कुरा गर्छ।आजको समाजको दुरदशा हो यो। मानिसले मानिससंग बोल्न पनि मानिस खोज्नपर्ने स्थिती आइसक्यो । नआओस पनि कसरी ? आजकाल मानिस सामाजिक भन्दा पनि स्वार्थि प्राणी बढी हुदै गएको छ। म आफैं नै कति एक्लो छु, अरुको के कुरा ? भाइ कहिले घर हुदैन, बाबाआमालाई सात समुद्रपरी छोडेरआएको छु। औंलामा गन्न सकिने चिनेजानेका साथी भाईछन । त्यसैले त यहाँ मानिसको आफन्त नै कम हुदैगैसक्यो । बुढाको पनि आफन्त नै छैन जस्तो लाग्छ। उसको परिवारको कुरा गर्यो भने उ कुरै गर्न चाहदैन।
अनि मान मर्यादा र श्रद्दाका कुनै सब्दले मान्य नै राख्दैन आजकल बुढा भएका मान्यजनलाई नाता गाँसेर बा, बाजे या दाई भन्यो भने त संकिन्छंन यिनीहरु। त्यसैले म ७५ बर्षको बुढो डेनिसलाई बा,बाजे भन्न छोडेर ‘डेनिस तपाई ठिक हुनुहुन्छ ? ’भनेर फोनमा सोद्छु।
खाय्क्क ख्याक खोक्दै‘छैन। केहि पनि ठिकछैन, उनि भन्छन। ‘पानी घर भित्र आउदैछ, म आत्तीएको छु।मलाई मदत गर।‘
एकछिन अकमक्क पर्छु। म आफै आत्तिएको छु, मनमनै लाग्छ, उसलाई के सहयोग गर्ने ? रात छ, पानी दर्किएको दर्कियै छ। बाटोका बत्तीका प्रकाशहरु आकासबाट झरेका पानीका लहरप छाडी धमिलो परेकाछन । मानिसले सहयोग माग्दा सहयोग नगर्नु पाप हो। त्यसमाथी पनि त्यस्तो बुढो मान्छे । तर सहयोग गर्न कसरी जानु ? म आफै त एक्लै छटपटाईरहेको छु यहाँ। त्यै पनि म अन्योलमा पर्दै भन्छु, ‘डेनिस तपाई नआत्तिनुहोस । म केहि गर्छु।म तपाइको सहयोगको लागि हटलाईनमा फोन गरेर मान्छे बोलाउछु।
हैन । हटलाइनमा मैले फोन गरिसके तर म तिनीहरुलाई पर्खेर यो चिसोमा बस्न सक्दिन । तिमि एकपटक यताआऊ । हुनसक्छ भने आज एकरातको लागि मलाई तिम्रो घरमा लग या तिमि यतैबस ।‘बुढाको दिमाख खुस्किएको होकी साच्चिकै काहाली लाग्दो बाताबरणले अत्त्याएको हो । म अलि हडबडाउछु।
अनि फेरी सोच्छु,बुढोमान्छेको अनुरोधलाई कसरी नकार्नु ? तर राति हुदो बुढाको घरमा कसरि जानु ? मन दोधारमा पर्छ। त्यै पनि एउटा मानवताको नाताले म चुप लागेर बस्न सक्दिन। म‘हुन्छ,एकछिन पर्खनोस । म आउछु त्यहाँ’भन्दै फोन राख्छु।
मनमा खलबली मच्चिएको छ । यो भयभाय मौसममा कसरी घरबाट निस्कनु ? त्यै पनि म ठुलो छाता बोकेर पानीमा लड्दैपड्दै डेनिसको घर पुग्छु। अस्त व्यस्त थियो उनको घर।तर घरभित्र पानी पसेकोथिएन। सबै ठिकै देखिन्थ्यो। खै त,पानी त पसेको छैन ? मैले सबै तिर हेरे।के भन्नु भएको तपाई ले ? म भन्छु ।
पानी पसेको छैन तर पस्ने वाला छ। म यहाँ एक्लै बस्न सक्दिन । आज तिमिमलाई तिम्रो घर लग यात तिमि यहि बस। उनि ढोका नजिकै राखेको हल्लिने कुर्चीमा लाठीको सहारामा हात अडाएर बसीरहेका छन। पर भर्याङ्गबाट उनको सानो बिरालो म्याउम्याउ गर्दै उनको काखमा आएर बस्छ । चिसोले लप्पक्कै भिजेको बिरालोलाई उ मुखको नजिक लग्दै माया गर्छ। अचम्म लाग्छ उसको कुरा सुन्दा के सम्बन्ध छ हामी बिचमा र उममाथि अधिकार जमाएर यस्तो कुरा गर्दै छ ?
म छक्क पर्छु। बत्तिको धमिलो उजेलोमा मैले ठ्याक्कै उसको के मन साय हो भनेर ठम्याउन सक्दिन । तर उनको पावोरवाला चस्माको बाहिरबाट भने मैले उनको आँखाको तनावलाई महसुस गर्छु । सायद एक्लो र अस्वस्थ भएकोले बुढा आत्तिएको हुनुपर्छ । उ खोक्दै थियो । निकै बिरामी देखिन्थ्यो उ। सहयोग गर्ने र एकगिलास पानी तताएर दिने पनि कोहि थिएन। भान्छाको सिंक जुठोभाडाले भरिएको । भुईमा बिरालोको जुठो भाँडा कटकट्टीएर कालो भएको। बुढा पा ! म सोच्छु, कति दुखदायी, ष्टपरदर बिबश देखिन्छ जीवन तर अझै पनि मृत्युको त्राश छ,जिउने चाहना छ।
उनको एक्लोपन देखि माया लाग्छ मलाई।‘लहिड्नुस’, भन्दै म उनलाई मेचबाट उठाउछु।
तिमि यतै बस न आज, उनि भन्छन। यो पानीमा रुझेर म किन तिम्रो घरमा जानु ?
बुढाको दिमाख खुस्केछ कि केहो भने झैँ लाग्छ। हैन। म तपाईंको घरमा बस्न मिल्दैन,’ म भन्छु।
किन ? उनि बच्चाले सोधे झैँ सोध्छन।
मिल्दैन भनेपछि मिल्दैन । मैले कारण बताईरहनु जरुरि देख्दिन, मअलि झर्को मानेको स्वरमा भन्छु।
उनि बिरालो काखी च्यापेर चुपचाप मेरो साथ लाग्छन।अनि ढोकानिर पुगेपछि, भैगो।म तिम्रो घर जान्न, तिमि जान सक्छ्यौ, भन्दै, मलाई माफ गर यो चिसोमा मैले तिमीलाई दुखदिए ‘भनि फर्केर घर भित्रलाग्छन । बुढाको दिमाख चाहि खुस्केकै हो भन्ने मलाईलाग्छ अनि झनक्क रिस पनि उठ्छ तर केहि नभनी म, ल त राम्रीबस्नुस, भन्दै म ढोका बन्द गरेर निस्किन मात्रके लागेको थिए, बुढा भुईमा डंरंग ढल्छन । मेरो सातो उड्छ। यत्रो ठुलो जिउ गरेको बुढालाई म टसकोमस गर्न सक्दिन।
जति हल्लाए पनि उनि चेतनामा आउदैनन। म हत्त न पत्त फोन गरेर एम्बुलेन्स बोलाउछु । फोन गरेको करबि पन्ध्रमिनेट भित्रमा एम्बुलेन्स घरमा आई उनलाई लिएर जान्छ, म भने आफ्नो घर तिर लाग्छु। आतंकित भएर आफ्नो घरतिर लाग्दा मैले छाता ओड्न पनि बिर्सिएछु । घरभित्र छिर्दा त म निथ्रुक्कै भिजिसकेको थिए।पागल बुढाले चिसोमा क्या दुख दियो भन्ने सोच्दै म आफ्नो लागी तातो कागतीको पानीबनाएर पिउन थाल्छु।अनि फेरी मनमा कस्तोकस्तो पनि लाग्छ । बुढालाई कस्तो छ होला ? के भएको होला ? भनेझैँ हजारौ प्रश्नहरु मनमा आउछन।
म घरमा पुगेपछि एकछिनमा फोन आउछ, फोन उठाउछु हस्पिटलबाट फोनआएको रहेछ। बुढालाई कोरोनाले छोएछ।हस्पिटलले मलाई हजार प्रश्नहरु गर्छ।अहिलेसम्म त मलाई कुनै पनि कोरोनाको लक्षन देखिदैन । तर पनि आफुलाई घरभित्रै बन्दी बनाएर १४ दिनसम्म बस्नको लागि आदेश दिन्छन । मन खर्लंग हुन्छ। सातो जान्छ।बनको बाघले खानु भन्दा पहिले मनको बाघले खान्छ भनेझैँ मन भित्र अर्को त्राशको उत्पत्ति हुन्छ। रातभारी निन्द्रा लाग्दैन।
हिजोराति भन्दा आज बिहानपानीघ टेको छ तर आकाश अझै पनि धुम्मर कालोछ । तर आकास भन्दा पनि धुम्म र कालो आफ्नो मन भएकोछ। उता पानी जहाजमा भाईबन्दी भएर बसेको छ, यता आफ्नै घरमा म आफैबन्दी छु । घरबाट निस्किन पनि डर छ किनकि कतै कसैले थाहा पाएर पोल लगाइ दियो भने नचाइने समस्यामा परिन्छ।
घरमा खाने कुराको आपुर्ती अर्को दुईहप्तालाई पुग्नेछैन। हस्पिटलले फोन गरेदेखि बिरामीनै नभएपनि बिरामी छु जस्तो भानले दिमाखमा तुँवालो लागेकोछ। बेलाबेलामा गएर थर्ममिटरमा आफ्नो ताप चेक गर्छु। धन्न ज्वरो आएकोछैन। नाक पनि रसाएको छैन, न त घांटी नै दुखेको छ । त्यै पनि मन चाहि कस्तो कस्तो भै राखेको छ।
एकहप्ता जति पछि मन अलि हल्का हुन्छ रआत्मबल पनि बढ्छ। आफु स्वस्थ छु भन्ने बिस्वासले आफुलाई अझै बलियो महसुस गराउछ।उता बुढाको घर भने अझै चकमन्न र सुन्य छ।बुढा दुईहप्तासम्म त पक्कै हस्पिटलमै हुन्छ, म सोच्छु,अनि एकपटक हस्पिटलमा फोन गरेर खबर लिउकि जस्तो पनि लाग्छ तर होस्भनेर फेरी फोन गर्दिन।
दुइ हप्तापछि पनि बुढाको घर चकमन्न नै छ । न त बुढा बंगैचामा नै टहल्लिएको देख्छु । मनमा कस्तो कस्तो लाग्छ। के बुढा ठिकत छ ? यस्तै यस्तै तर्कनालेम लाईहस्पिटल फोन गर्न बाध्य गराउछ।हस्पिटलको नर्सले उसको दाहसंस्कार अर्को हप्ता शान्त बाताबरणमा मानिसहरुको उपस्थिति बिनानै सम्पन्न हुने कुराको अबगत गराउछे। म खर्लंग हुन्छु। तिमीहरुले उसको आफन्तलाई खबर गर्यौ त ? मैले सोधे।
उसको छोराछोरीलाई खबर गर्यौ।तर रोगको कारणले गर्दा हामी उनीहरुलाई यो दाहसंस्कारको कार्यक्रममा सहभागी गराउन सक्दैनौ।‘
आजसम्म बुढाले कैले आफ्नो सन्तानको कुरा गरेको थिएन। न त मैले उसको सन्ताननै उसको घरमाआएको देखेको थिए। आखिर सन्तान त रहेछ नि ? म यो सम्बन्धभित्रको असम्बंधलाई बुझ्न सक्दिन। आखिरमा सबै भएर पनि किन कोहि नभएझैँ नितान्त एक्लोथियो बुढा र? अनि जीवनको अन्तिम घडीमा उनको अचेत शरीर माथि श्रद्दा सुमनले फूल चढाउने पनि कोहि भएनन्।
ओहो !कस्तो दुख दाई मृत्यु १ यस्तै सोच्दै थिए आफुलाई पनि ख्यक्कख्यक्कखोकी लाग्छ। अनायासै मन भित्रदेखि नै चिसो हुन्छ। मनमा त्राश फैलन्छ, ओहो कतै मलाई पनि‘? हैन, म आफैलाई भन्छु, कोरोनाले मारियो भने त आफन्तले अन्तिम संस्कारसम्म पनि गर्न पाउदैनन । आत्मा त दरिलो बनाउनुपर्छ। आत्मबल नै सबैभन्दा ठुलो औषधि हो। म मनभित्रको कोरोनाको त्राश र मृत्युको भयलाई आफ्नो सकरात्मक सोचले पखाल्छु। आत्मबल र सकारात्मक सोचाई रोगको सबैभन्दा ठुलो उपचार हो, यसमा कुनै दुईमत नै छैन ।