हरेक रात सम्झनामा एकफेर आईदिन्छ…
प्रकासित मिति : २०७७ बैशाख ३, बुधबार ०८:५८
प्रकासित समय : ०८:५८
हरेक रात सम्झनामा एक फेर आईदिन्छ।
जो मनको बाटो हुँदै सम्झेर आईदिन्छ।
आफ्नो हुँदा पनि काखमा बस्न पाएन,
दुश्मन भने यो छातीमा टेकेर आईदिन्छ।
हास्ने ओठ भन्दा रुने आँखा माथी हुन्छ ,
र त खुशी मा पनि आँसु बगेर आइदिन्छ।
सम्बन्ध नङ र मासु जस्तै बनाउन खोज्छु ,
बदलामा दुनियाँ खै के चाहेर आईदिन्छ।
आफ्नै एक टुत्रा जमिन बेच्न हैरान हुन्छु,
सरकार भने क्षणमै देश बेचेर आईदिन्छ ।
सुर्खेत