र्‍यापिड टेस्ट गर्दा पोखराकी एक महिलामा कोरोना पोजेटिभ

पोखरा, र्‍यापिड टेस्ट गर्दा पोखरामा एक जनामा कोरोना संक्रमित भेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ भेटिएको हो ।

संक्रमित महिला पोखरा १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार उनको र्‍यापिड टेस्टमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।  थप परिक्षणको लागि उनको स्वाब पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।