भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९३ संक्रमित १ हजार बढी

काठमाडौं,  भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९३ पुगेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

 भारतमा एकैदिन १ हजार ३४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ११ हजार ४८७ पुगेको छ । भारतमा संक्रमितमध्ये १ हजार ३५९ जना उपचारपछि निको भएका छन् । ९ हजार ७३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ६८६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९८ हजार ५ सय भन्दा बढी रहेको छ ।