नेपालगञ्ज कमला मिडिसिनमा छापा, प्रहरीद्धारा शिलबन्दी

बाँकेको नेपालगञ्जमा रहेको कमला मिडिसिन ड्रग हाउसमा प्रहरीले छापा मारेको छ । सरकारले निशुल्क रुपमा उपलब्ध गराएको स्यानिटाइजर बिक्रि बितरण गरीरहेको सुचनाका आधारमा बाँके प्रहरीले मंगलबार बेलुका ड्रग हाउसमा छापा मारेको हो ।

ड्रग हाउसले नेपाल सरकार, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले निशुल्क रुपमा उपलब्ध गराएको एसआर केयर हयाण्ड सेयानिटाइजर ५०० एमएलको प्रति शिशि रु. ६ सयमा बिक्री बितरण गरेको भेटिएपछि उक्त पसलमा सिलबन्दी गरीएको हो ।

नेपालगञ्जको सुर्खेत रोडमा रहेको होटेल कृण्णा सिग्नेट होटेलका मालिक समेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरेको ड्रग कम्पनीले लामो समयसम्म नेपालका बिभिन्न जिल्लामा औषधी सप्लाई गर्दै आईरहेको थियो ।

एसआर नामक ड्रग कम्पनीले सरकारलाई शिशि बाहिर मुल्य नै नराखेर नटफर सेल्स समेत लेखेको र निशुल्क रुपमा दिएको एसआर केयर नामक स्यानीटाईजर कमला मिडिसिन मार्फत अबैध रुपमा बिक्रि बितरण भएको पाईएको हो ।

उक्त स्यानिटाईजरमा लेवल समेत अर्को छोपिएको र प्रति शिशि रु. ६०० का दरले बिक्री बितरण गरेको भेटिएपछि पसलमा शिलबन्दी गरीएको प्रहरीले जनाएको छ ।