जिटुजी प्रक्रियाबाट मेडिकल सामग्री पठाउन चीन सहमत

काठमाडौं, नेपालमा जिटुजी प्रक्रियाबाट मेडिकल सामग्री पठाउन चीन सहमत भएको छ। तीन चरणको भिडियो कन्फ्रेन्समार्फत् जिटुजीबाट सामान ल्याउने तय भएको हो। परराष्ट्र मन्त्रालयमार्फत् भएको छलफलमा चिनियाँ पक्ष सहमत भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले परीक्षणमा जोड दिने रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ। परीक्षण, पहिचान र उपचारको रणनीति अवलम्बन गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

व्यक्तिहरुको अनावश्यक हिँडडुल नियन्त्रण गर्ने निर्णय पनि समितिले जनाएको छ। अनावश्यक हिँडडुल गर्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने निर्णय भएको पनि बिडारीले बताए।

यसैगरी समितिले संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति मिसनमा खटिएर अफगास्तिनमा रहेकालाई संयुक्त राष्ट्र संघकै सहयोगमा नेपाल ल्याउने समेत निर्णयय गरेको छ। राष्ट्र संघले नै नेपाल लैजान आग्रह गरेको थियो।

यस्तै नारायणी अस्पताल वीरगञ्जलाई कोरोना भाइरस संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल बनाउने निर्णय समेत भएको समितिले जनाएको छ।

कोरोना भाइरस परीक्षणमा प्रियोग हुने त्रिभूवन विश्वविद्यालयमा रहेको भन्दै सो समितिले सो पिसिआर मेसिन प्रदेश २ मा पठाउने समेत तयारी गरेको छ। यसैगरी अप्रिल ३० सम्म आंतरिक उडान पनि बन्द गर्ने निर्णय भएको समितिले जनाएको छ।