नबने नी मेरी तिमी मुस्कुरायौ…
प्रकासित मिति : २०७७ बैशाख २, मंगलवार १२:०६
प्रकासित समय : १२:०६
नजर जुद्दा खेरी तिमी मुस्कुरायौ ।
नबने नी मेरी तिमी मुस्कुरायौ ।
उषा आउनु अघि जुन तारा बोकी,
हरायो अधेरी तिमी मुस्कुरायौ ।
हुन्न हुन्न भन्दै दुर हुन खोज्दा,
अङ्गालो मै बेरी तिमी मुस्कुरायौ ।
आखाबाट आँसु झरी रहे पनि ,
मलाई हेरी हेरी तिमी मुस्कुरायौ ।
अचानो झै यो दिल बनेकोछ प्रिया ,
कसरी हत्तेरी तिमी मुस्कुरायौ ।
भेरी न.पा. ९ जाजरकोट ।