अब विदेशबाट आएका व्यक्ति लुकाउनेलाई पनि कारवाही !

काठमाडौं, सरकारले पछिल्लो समय विदेशबाट आएकाहरुका बारेमा स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा लुकाउने व्यक्तिलाई समेत कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले दिएको जानकारीअनुसार सरकारले दिएको आदेश पालना नगरी सीमाक्षेत्रबाट अनधिकृत रुपमा प्रवेश गर्ने र नेपालमा प्रवेश गरेर पनि स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा कानुनबमोजिम कारवाही गरिनेछ ।

स्थानीय प्रशासनले विदेशबाट आउनेहरुको लगत संकलन गर्दै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको छ ।