अनिश्चितकालका लागि भारतसँगको सीमा सिल

काठमाडौं, सरकारले भारतसँगको सीमा अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारततर्फको सीमा तत्काल नखोल्ने निर्णय गरेको हो । भारतले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लकडाउनको घोषणा गरेको छ । मोदीले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै लकडाउन थप कसिलो बनाउँदै मे ३ सम्म जारी राख्ने बताएका थिए ।

भारतले पूर्णरूपमा लकडाउन नहटाउँदासम्म नेपालले नाका नखोल्ने ती मन्त्रीले जानकारी दिए । नेपालले पनि त्यतिबेलासम्म भारततर्फको सीमा बन्द नै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

“भारतमा महामारीको रूप लिँदैछ । हामीकहाँ पनि एकपछि अर्को केस थपिँदैछ । यस्तो अवस्थामा भारतसँगको सीमा खोल्ने कुरा सोच्न सकिँदैन,” कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एकमन्त्रीले बाह्रखरीलाई भने ।

सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ ।