तनहुँमा घाँस काट्न गएकी गुरुङको सेती खोलाले बगाएर मृत्यु
प्रकासित मिति : २०७७ बैशाख २, मंगलवार १७:४५
प्रकासित समय : १७:४५
तनहुँ, तनहुँको भिमाद नगरपालिका– ५ बाँदरकुनामा खोलाले बगाएर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ बाँदरकुना घर भएकी ३५ वर्षीया पञ्चमाया गुरुङ छन् ।
मंगलबार बिहान घर नजिकै घाँस काट्न गएकी गुरुङको सेती खोलाले बगाएर मृत्यु भएको हो । घाँस काट्न जाँदा खोलो पार गर्ने क्रममा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएको छ ।
यस्तै, खोलाले बगाएका ६५ वर्षीय खडकमान गुरुङलाई भने प्रहरीले उद्दार गरेर उपचारका लागि अस्पताल पुर्याकाे छ । खडकमानलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले जानकारी दिएको छ ।