कोरोना कहर र मानवीय संवेदनाको सवाल !

आज विश्वसमुदाय नै आतंकित र चिन्तित अवस्थामा छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड १९) संसार भरि खरबारीको आगो जस्तै दिनानुदिन बढ्दै गइरहेको छ । उपचार गरेर सन्चो हुने थोरै सिमित मात्रामा छन । भने मर्ने र बिरामी संख्यात्मक रुपमा कयाँै बढदै गएको छ ।

 

यसलाई कसैले तेस्रो विश्वयुद्धको पनि हवला दिइरहेका छन । बजारमा विभिन्न अटकलबाजी समेत गर्न थालिएको छ । अमेरीकाले बनाएको मानवनिर्मित जिवाणु होस वा चीनको व्यवहारबाट निस्किएको भाइरस चर्चा चलिरहेकै बेला चिनमा .एकप्रोफेसर गिरफतार गरि अनुसन्धान गरीनुले थप रहस्य बन्दै गएको छ । जसले जुन प्रयोजनका लागि निमार्ण गरीएको भएपनी यदि मानव निर्मित हो भने असाध्यै निच र घृणीत कार्य हो । मानविता विरोधी कार्य हो ।

कोरोना भाइरसबाट सृर्जीत समस्याले संसार भरिका समुदायमा दुइवटा प्रश्न मुख्यरुपा उठन थालेका छन ।  १) औषधी उपचारको सवाल  २) मानवीयताको सवाल पहिलो कुरा रोगका लागि सकेपछी औषधी उपचारको सवाल नै मुख्य हो । तर आजका दिनसम्म सम्भावित आकलन र अनुगमनका भरमा समयमै सामान्य देखिएका विरामी बाहेक धेरै बचाउन सकिएका छैनन र उपचारमा संलग्न डाक्टर नै मरिरहेका छन यसको खोप तयार भएको हल्ला गरीपनी मुलत औषधी खोप तयार भएको छैन । यसरी समयमै विज्ञहरु केन्दित गरी अनुसन्धान गर्न जरुरी छ असम्भव भन्ने केही पनि छैन । दोस्रो सवाल मानवीयताको हो ।

मानवीयतालाई पनी दुई भागमा हेरीनु पर्छ १) रोग लागेकाहरुसँगको मानवीयता र  २) अन्य समग्र मान्छेहरुको विचमा कायम गनुपर्ने मानवीयताका सवाल हो । पहिलो कुरा रोग लाग्दा एक सानो मानवीयता नलिनु छन चाहनु समस्या पर्दा सहयोग गर्नु मानवीय धर्म नै हो । अझ परिवारको केही सदस्य विरामी हुदाँ झन नजिकबाट स्पर्स गर्नु छामछुम गरि तातोचिसो गराैँ खाना के खान मन लाग्छ खुवाउनु भन्ने सबैको हुन्छ । तर यो रोग यस्तो भयानक भयो कसैले सुरक्षित सामग्री प्रयोग विना नजिक छुनै सकिने अवस्था रहदैन । श्रीमान श्रीमती दाजुभाई या जो कसैलाई लागोस डरायर भाग्नुपर्ने बाध्यता छ ।

आजको यो संकटपुर्ण घडीमा सबैले सम्यमता अपनाउदै सदभाव राख्न जरुरी छ ।

तसर्थ बिरामीसगँ कसरी संमवेदना भावना व्यक्त गर्नु मृत्यु नै भएपछि शवसगँको संवेदना र दाहसँस्कारको सवाल झन चुनौति पुर्ण छ । विकसित देशहरुमा त यन्त्र उपकरणहरुको प्रयोगले सम्भाव होला तर हाम्रो भुलुकको हाम्रा विकट बस्तीहरुमा कसरी सम्भव छ ? समवेदना नै नभएका मानवका रुपमा निदर्यी बन्ने स्थीति हुने त होइन इटालीको शहरको एउटा फोटा जहाँ जताततै लासको थुप्रो र छरिएर रहनु यसको ज्वलन्त उदाहरण हो । यसले यो अवस्था नआउन दिन समयमै सचेत सर्तक रहने एकमात्र दोस्रो विकल्प हो ।

दोस्रो सवाल भनेको अन्य समुदायहरुको बिचमा कायम गरीनु पर्ने मानवियता हो । अरुवेलाको सहज स्थिती जस्तो संकटपुर्ण अवस्थामा सबैलाई सबैको ख्याल पुग्दैन । आ आफ्नै कसरी सुरक्षित बन्ने भन्ने कुरा नै हो एउटा भनाई नै छ की “आफु मर्दा मितको टाउको चिण्डो बराबर” भन्ने गरिन्छ ।

तर यहाँ यो भन्ने नाममा समस्या पर्दा समाधान खोज्ने सर सल्लाह लिने भन्दा सुरुमै चिण्डो बनाउने र फुटाउन खोज्नु गम्भिर सवाल हो । आजको यो सम्बेदनशील घडीमा औषधी उपकरण को नाममा भएको ठगी र भष्टचार चर्चामा आएको जस्तो हो भने सरकारले गम्भिर रुपमा लिएर जो सुकै होस दोसीलाई कडा भन्दा कडा कार्वाही गरीनु पर्छ ।

विश्व मानब समुदाय नै स्तब्ध भएको बेला औषधी उपचार आÏनो ठाउँमा छ । त्यो प्रक्रियामा हुदै जान्छ । तर रोग नलागेका बचेका मान्छेहरुलाई कसरी बचाउने खानपीन व्यवस्थापन कसरी मिलाउने भन्ने मुख्य हो ।

एक अर्काे बिचमा भावनात्मकको सवाल कसरी जगाउने व्यवस्थापन कसरी गर्ने भन्ने नै हो । कडाउनु कार्यन्वयन नगरी बाहीर निस्के र रोगले मर्ने कार्यन्वयन गरे भोकले मर्ने त होइन ? चिन्ताको विषय बन्दै गएको छ । तसर्थ यो बेला घरबार बिहीन असाहय बिपन्नहरुलाई जात धर्म वर्णको कहाँको हो हेक्का नराखी उद्धार गर्नुपर्दछ । राहत वितरण गरीनु पर्छ चाहे बिदेशी नै नगारिक किन न होस सबैले सबैलाई सम्मान व्यवाहार र व्यवस्थापन गरिनुपर्छ ।

आजको यो संकटपुर्ण घडीमा सबैले सम्यमता अपनाउदै सदभाव राख्न जरुरी छ । संकटमा “घमण्डी पहाडहरु पनि झुक्नु पर्छ” भने जस्तै विश्वभर कहलियका र मै छु भन्ने देशहरु नै कहाँ के गरौँ भन्ने अवस्थामा छन । हामीले यो रुपले कयौँ पछि छौँ तर पनि नेपाली भुमि ऐतिहासिक र गरौब गर्न थालेको यसर्थ भावना र सम्बेदान नछुटाइकन जिम्मेवारी पुरा गराँै जसले बुद्धको भुमीको नयाँ सन्देश ।