उठौँ जागौँ नेपाली हो
प्रकासित मिति : २०७७ बैशाख १, सोमबार १०:१९
प्रकासित समय : १०:१९
उठाैँ जागाैँ नेपाली हाे अब जुट्ने दिन आयाे
देशकाेलागि विस्तारवादी सँग लड्ने दिन आयाे ।
साहसी छाैँ यदि भने साहसीपन देखाएर
लड्नै पर्छ देशकाे लागि बहादुरी देखाएर
हाम्राे जमीन हाम्रै हुन्छ हामी यदि जुट्याै भने
हामी स्वयम् हामी हुन्नाैँ यदि हामी फुट्याैँ भने ।
उठाैँ जागाैँ नेपाली हाे अब जुट्ने दिन आयाे
देशकाेलागि विस्तारवादी सँग लड्ने दिन आयाे ।
छिमेकीले नेपालकाे सिमा मिच्याे हेर्दाहेर्दै
अाँसु झर्याे नेपालीकाे गाेरखाली भन्दाभन्दै
हाम्राे शिर झुक्ने छैन दुश्मनसँग हार्ने छैनाैँ
मर्न बरू तयार छाैँ साँध मिच्न दिने छैनाैँ ।
उठाैँ जागाैँ नेपाली हाे अब जुट्ने दिन आयाे
देशकाेलागि विस्तारवादी सँग लड्ने दिन आयाे ।
*
रामेछाप