भारतमा कोरोनाबाट २४ घण्टामा ५१ जनाको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख १, सोमबार १९:०३
प्रकासित समय : १९:०३
नयाँदिल्ली,भारतमा नोभेल कोरोना भाइरस अथवा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ९०५ जना कोरोना संक्रमित थपिएका छन् भने ५१ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ३५२ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका उपसचिव लभ अग्रवालतका अनुसार भारतमा हाल ८ हजार ४८ सक्रिय संक्रमित छन् ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । भारतले कोरोना संक्रमितको संख्या पछिल्लो केही दिनयता तीव्र रुपमा वृद्धि भइरहेको छ । -एएनआई