कोरोनाले बेलायतमा मृत्युको संख्या १० हजार नाघ्यो
प्रकासित मिति : २०७७ बैशाख १, सोमबार ११:५२
प्रकासित समय : ११:५२
काठमाडौं ,बेलायतमा कोरोना भाइरसले आइतबार एकै दिन ७३७ को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।
आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको बीबीसीले जनाएको छ ।
यस्तै ५ हजार २८८ नयाँ संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ८४ हजार २७९ पुगेको छ । यसमध्ये ३४४ जना उपचारपछि ठीक भएको जनाइएको छ ।