किन झुण्डिए वृद्ध दम्पती एउटै रूखमा ?
प्रकासित मिति : २०७७ बैशाख १, सोमबार १८:२६
प्रकासित समय : १८:२६
गुल्मी, गुल्मीमा एक वृद्ध दम्पती एउटै रुखमा झुन्डिएर मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका अन्दाजी ७० वर्षीय ओमबहादुर सार्की र उनकी ६९ वर्षीया खिमकलाले खनियाको रुखमा गलबन्दीले पासो लगाई आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक चुणामणि पुनको नेतृत्वमा टोली त्यसतर्फ पुगेको छ।