जुम्ल्याहा बच्चाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखिदिएपछि…

सिमकोट,हुम्लाकाे सिमीकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ । सिमीकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी विरमता शाहीले बेला जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस रखिएको  हाे ।

‘पहिले जन्मेकी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नाम भाइरस राखिएको प्रसूती गृहकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन ।  उनले भनिन्, ‘ जुम्ल्याहा बच्चाको आमा विरमति शाही र बुबा हस्तबहादुर शाहीले नै सहमति दिएपछि अस्पातलको पूर्जा मै सो नाम राखिदिएका हौं ।’

स्वास्थ्य सेवा कार्यालय हुम्लाकी सिनियर अनमी बोहराका अनुसार जन्मिँदा कोरोनाको तौल २ हजार ५ सय ग्राम र भाइरसको तौल १ हजार ७ सय ग्राम भएको बताइन् । जिल्ला स्वास्थ्य कार्यालयको प्रसूति गृहमा आमा र बच्चा रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको अनमी बोहराको भनाइ छ ।