बुटवलबाट सिसहनियाँ आइपुगेका अलपत्र मजदुरलाई चेम्बरले गन्तव्यमा पठायो

भालुवाङ, दाङको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बुटवल बाट दाङ देउखुरीको सिसहनियाँ अाइपुगेका ८ जना मजदुरहरूलाई आइतबार उद्वार गरि विहानको खाजा खुवाएर गन्तव्यमा पठाएको छ । बर्दियाबाट मजदुरीका लागि बुटवल गएका मजदुरहरू नेपाल सरकारले लकडाउन गरेपछि अलपत्रमा परेका थिए । अलपत्रमा परेका मजदुरहरू चैत्र २९ गते हिडेर दाङ देउखुरीको सिसहनियाँमा अाइपुगेका थिए ।

विचल्लीमा परेका मजदुरलाई चेम्बरले विहानको खाजा खुवाएर प्रहरी चाैकी सिसहनियाँका प्रहरीको पहलमा चेम्बरको सिफारिसमा ट्रकमा चढाएर गन्तव्यमा पठाइएको चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । लडकडाउन भए यता दिनहु जसो मजदुरहरू काठमाडौं,बुटवल,गुल्मी,स्याङ्जा लगायतका जिल्लाबाट भोकभोकै अाउने गरेका छन् । सरकारले जो जहाँ छ त्यही सुरक्षित बस्न भने पनि काममा लगाउने ठेकेदार र स्थानीय सरकारले गाँसबाँसको व्यवस्था नगरेका कारण मजदुरहरू भोकभोकै घर फिर्किरहेको मजदुरहरूले बताएका छन् ।

यसै बिच राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदस्य लालबहादुर चौधरीले ८ जना यात्रुलाई खाना खुवाएका छन् । चौधरीले आफ्नो घरमै पकाएर ल्याएको भात, दाल, आलुको तरकारी र अचार ल्याएर भालुवाङ्ग पुल्चोक स्थित राप्ती समितिको काउण्टरनेरकाे यात्रु प्रतिक्षालयमा ती यात्रुहरूको अगाडि राखि दिएका थिए ।

रुपन्देहीको बुटवलबाट पैदलमार्ग हिडेर आएका ती ८ जनाको सङ्ख्यामा रहेका यात्रुहरूले आफ्नै हातमा डाडु पन्यु लिएर थपि थपि खाना खाए ।त्यतिबेलासम्म ती वडा सदश्य चौधरी त्यहीँ उभिएका थिए । जतिबेला सञ्चारकर्मिहरु त्यहाँ पुगेका थिए ।उनीहरू बुटवलबाट आफ्नो घर धेरैजसोले बर्दिया र केहीले कैलाली जाने बताएका छन् । तत्पश्चात त्यहाँ ड्युटीमा तैनाथ सुरक्षाकर्मिहरुले उनीहरूलाई पूर्वतर्फबाट आएको मालवाहक ट्रकमा बसालेर गन्तव्यमा जानका लागि पठाइ दिएका थिए ।