प्रश्नहरूको हिरासतमा सत्ताको कथन्
के हाे याे सत्ता?
एकले अर्कालाई हिर्काईरहेछ
जहाँ पुग्नका लागि
सधै यसकै गीत गुनगुनाईरहने
देशका महामहिमहरू
यही शब्दका संगीतहरूमा बाच्न चाहन्छ
यही खेलमा खेल्न खेलिरहन चाहन्छ
तानातानकाे खेलमा खेलिने खेल हाे
या पसल पसलमा बेच्न राखिएकाे सामान हाे
सत्ता
या सिंहदरबार भित्रै हराईरहने
माेती जडित सिंहासन कुर्सी हाे सत्ता
जहाँ खाेक्राे अाडम्बर दिएर भुँडी भर्न चाहन्छ
छाराे हालेर सडकमा चिल्लाे गाडी गुडाउन
चाहन्छ
निरीह राज्यलाई नङ्ग्याउदै निर्बश्त्र पार्न चाहन्छ
पेट काटेर संकलित रकम
बाडफाड र पार्टी मनाउन चाहन्छ ।
मान्छेकाे तस्बिरमा नक्कली खाेल अाेढेर
सत्ता
कसैद्वारा किनिरहेझै कसैद्वारा बेचिरहेझै
एउटा बेस्या जस्ताे हास्दै हासिरहन्छ सत्ता ।
अभीष्टताकाे चाहना भित्र
माटाेकाे मन दुख्दै नदुख्ने
देश चिमाेटे दुख्दैन रूदैन
कसैले लाेभ्याई रहेछ सत्ता लाेभिरहन्छ
अस्मिता लुटिए लुटाउन चाहन्छ सत्ता
बादरकाे नक्कल गर्ने ठाउँ हाे सत्ता ?
या बिरालाे बाधेर श्राद्द गर्ने ठाउँ हाे सत्ता?
साम्राज्यकाे नक्कल गर्दै सार्बभाैम
बेच्न खाेज्ने ठाउँ हाे सत्ता
बिरालाेकाे अनुकरण गरेर
राष्ट्र लुट्न खाेज्ने ठाउँ हाे सत्ता?
मेराे चेतना र मष्तिष्कले नबुझेर
प्रश्न गरिरहेछु
के हाे याे सत्ता ?