सामुदायिक वनहरुले बाँडे उपभोक्तालाई निशुल्क साबुन र मास्क

बिरेन्द्रनगर,सुर्खेत विश्वब्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न सामुदायिक वनहरुले मास्क र साबुत बितरण गरेका छन । शनिबार सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ वटा वडामा पर्ने चारवटा सामुदायिक वनले बितरण गरेका हुन ।

शिवबिहार सामुदायिक बन उपभोक्ता शक्तिकाँडा,नौलोसुधार र मदानेचौर सामुदायिक बनले संयुक्त रुमा १५ सय घर धुरीका आफ्ना उपभोक्ताहरुलाई मास्क र हातघुने साबुन निशुल्क बितरण गरेका उपभोक्ता दल बहादुर खत्रिले जानकारी दिए ।

साथै कोरोनाबाट बच्नको लागि जनचेतना समेत फैलाएको उपभोक्ता खत्रीले बताए ।