मनकारी बबिता जसले गरिन विपन्न परिवारलाई सहयोग

कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १४ चित्रानगरमा सामाजसेवी बविता शाहीले बिपन्न परिबारलाई सहयोग गरेकी छन । कोहलपुर नगरपालिका वडा नं १४ अति विपन्न परिवारलाई राहत वितरण गरेका हुन् ।

विश्वभर कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले पनि लकडाउनले जनजिवन प्रभावीत बनाएको बेला युवा समाजसेवी तथा स्थानियवासी बबिता शाही ठकुरीले व्यक्तिगत लगानीमा सहयोग गरेकी हुन । लकडाउनको कारण अति विपन्न परिवारलाई दैनिक खानपिनमा समस्या देखा परेपछि समाजसेवी शाहीले राहत वितरण गरेको बताइएको छ ।

उनले चामल,नुन,तेल,दाल लगायतका सामाग्री उपलब्ध गराएकी हुन । लकडाउन घोषणा भएको १९ औं दिनमा अति विपन्न परिवार तथा आफ्नो घर जान नपाएका परिवार झनै पिडामा परेका छन् ।

अति गरिव विपन्न परिवार तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई समाजसेवी बविता शाही ठकुरीले राहत स्वरुप १० किलो चामल, १ लिटर तेल, एक किलो नुन, माक्स, सावुन र १ किलो दाल वितरण गरेका हुन् । चिप्रानगरका १८ परिवारलाई व्यक्तिगत लगानीमा राहत वितरण गरेको समाजसेवी बविताले बताइन ।