भारतको अलमोडामा ८० जना नेपाली अलपत्र
नेपालगन्ज , मजदुरीका लागि भारत गएका करिब ८० जना नेपालीहरु भाारतको उतरप्रदेशको अलमोदा बजारमा अपलपत्र परेका छन् । लकडाउनले अलपत्र पर्नेमा दैलेख,जाजरकोट र सल्यानका गरि करिब ८० जना रहेको दैलेख गुराँसे गाउपालिकाका निरक बिसीले बताए ।
दैलेख,जाजरकोटबाट मजदुरी गर्न भनेर भारतको अलमोदा पुगेका उनिहरु लकडाउन र कोरोना प्रकोपले स्थानीय प्रशासनले कडा गर्दा निकै गारो भएको र आफुहरुसँग रासन किन्ने पैसा समेत नभएको बिसीले जानकारी दिए ।
स्थानीय कुनै काम गर्न त के बाहिर निस्कन नपाइने स्थिति छ हामीसँग पैसा नि छैन अब भोक भोकै मर्ने अवस्था भयो उनले भने । काम गरेको पैसा पनि नपाएकाले साँझ बिहानको छाक बन्द हुने स्थिति भएकोले उद्भारकाे पहल गरिदिन उनले अनुराेध गरे । ‘भोकभोकै बस्ने स्थिति हुन लाग्यो पैसा छैन, उनले भने, नेपाल फर्किने केही पहल गरि दिनु पर्यो फर्किन नमिले राशन व्यवस्थासम्म भएपनि गरिदिनु पर्याे ।’ उनिहरूले ७०३७१५४६५७ नंम्बरमा सम्पर्क गर्न समेत अनुराेध गरेका छन ।