लकडाउन उल्लंघन गर्दै मर्निङवाकमा निस्किएका १ सय २८ पक्राउ
प्रकासित मिति : २०७६ चैत्र २९, शनिबार १०:०१
प्रकासित समय : १०:०१
इटहरी,सुनसरीको धरानका विभिन्न ठाउँबाट लकडाउनका समयमा मर्निङवाक गर्न निस्किएका एक सय २८ जना पक्राउ परेका छ्न्।
सडकमा बिहान ४ बजेदेखि नै कुदिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरिएको लकडाउन उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको धरानका एीसपी ढुन्डिराज न्यौपानेले बताए।
धरानमा शुक्रबार साँझ लकडाउन उल्लंघन गर्ने ९७ जना सवारीचालक पक्राउ परेका थिए। पक्राउ परेकालाई सचेतनामूलक कक्षा लिएर मुक्त गर्दै आएको प्रहरीले जनाएको छ।