नेकपा खजुराले टोल–टोलमा स्वयंसेवक गठन गरि परिचालन गर्ने
नेपालगन्ज, बाँके क्षेत्र नम्बर ३ नेकपा खजुरा गाउँपालिकाले टोल–टोलमा स्वयंसेवक गठन गरि परिचालन गर्ने भएकाे छ । गाउँपालिका पार्टीको बैठकले कोरोना (कोभिड– १९) (Low take Method) बाट गाउँ बचाउन टोल–टोलमा स्वयं सेवक गठन गरि परिचालन गर्ने निर्णय गरेकाे हाे ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राज कुमार बिकले विश्वमा फैलिएको महामारी कोरोनालाई रोक्ने एक मात्र अस्त्र स्वयम सेवक मार्फत गाउँबाट गाउँको रक्षा हुने बताए । टोल–टोलमा गठन हुने स्वयम सेवकले स्थानिय सरकारसँग सहकार्य गरी अगाडी बढने बताए । बैठकमा अतिथिद्वय प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ३ (ख) इन्चार्ज वेदनिधि प्याकुरेल ,क्षेत्र नं ३ का सह इन्चार्ज डम्बर बहादुर बि. क. (तुफान), पार्टी क्षेत्र ३ (ख) सचिव भद्र प्रसाद देवकोटा, जिल्ला कमिटी सदस्यहरु तथा नेता कार्यकर्ताको उपस्थिति रहेकाे थियो ।
त्यस्तै सह–इन्चार्ज तुफानले स्वयम सेवकले संकटको समयमा रोग र भोकसँग लडन अग्रहनी भूमिका खेल्ने बताए । उनले टोल समिति स्वयं सेवकले कोरोना बिरुद्ध प्रचार तथा रोकथाम आदि तथा सरकारलाई सूचना दिने कार्य समेत गर्ने जानकारी गराए । बैठकले शुभचिन्तक, समर्थक र कोरोना बिरुद्धका सहयोगी हातहरुको सहयोगको अपेक्षा समेत गरेको बताइएकाे छ ।
उक्त बैठकले खजुरा गाउँपालिका अध्यक्ष राज कुमार बि. कको संयोजकत्वमा १३ सदस्यीय सहयोग संकलन समिति गठन गरेको छ । जसमा सदस्यहरु यम बहादुर महतरा, गेहेन्द्र धिताल, धन राम ओली, देव राम डि. सी., खडक ओली, मगन सिंह थापा, पूर्ण बहादुर भण्डारी, शेर मोहमद खाँ, प्रेम लाल श्रेष्ठ,देवी लाल खनाल, सैयद खाँ र अतिउल्ला खाँ रहेका छन । नव निर्मित समितिले सर्व पक्षीय तथा सर्व दलीय सबैलाई सहयोगको लागि आब्हान समेत गरेको बताए