यो नेपाल हो धनीले बोल्दा सोच्नु पर्दैन…

१)

मनका पिडा,ब्यथा खोल्दा सोच्नु पर्दैन
एकले अर्कालाई छिचोल्दा सोच्नु पर्दैन
गरिबले सत्य बोल्दा जिब्रो काटिन्छ
यो नेपाल हो धनिले बोल्दा सोच्नु पर्दैन ।

२)

बिझेकोथ्यो मनमा वचन छोड्ने मान्छेको
यादहरु मात्र थिए जतन छोड्ने मान्छेको
घाउबाट खिल निकाल्दा त घाउ दुख्छ भने
झन दुख्छ दुख्दैन होला मन छोड्ने मान्छेको

३)

कसैको दिलमा गुञ्जन के गर्नु पर्छ
धोका पाएपछी नि सहन के गर्नु पर्छ
माया भन्ने विषयमा पत्ता नलागेको कुरा
बिर्सिनेलाई बिर्सन के गर्नु पर्छ

ठेगाना:-लम्की,कैलाली हाल:-वीरेन्द्रनगर,सुर्खेत ।