बगेको पानी ढुङामा ठोकियो फर्कियो केहिबेर…

देखियौ सम्झिनु परिगो बिर्सेको थियो केहिबेर।
बगेको पानी ढुङामा ठोकियो फर्कियो केहिबेर ।

उज्यालैमा बास बस्ने ठाउँमा पुग्नु ओ सन्तती,
तिमीहरुकै लागि बलिरहेछ यो दीयो केहिबेर ।

पैसासगँ बिहे भयो एउटा लाशको यस्तो भयो,।
एउटा लाश अर्को लाशको मलामी बनियो केहिबेर ।

म जवान छु यसैकारण म रोएको कसैले सुन्दैन,
बरु बच्चाले त बेलुन पायो फुलियो केहिबेर ।

दमक झापा